काठमाडौं । तेस्रोपक्ष बीमामा पुल प्रणाली लागु भएको छ । योसँगै तेस्रो पक्ष बीमामा हुँदै आएको अस्वस्थ्य प्रतिस्पर्धा हटनुका साथै निर्जीबन बीमा कम्पनीको २५ करोड भन्दा बढी रकम जोगिने भएको छ ।
तेस्रो पक्ष बीमामा बीमा कम्पनीले अन्डरटेबल नै वार्षिक २५ देखि ३० करोडसम्म खर्च गर्दै आएका थिए ।
निर्जीवन बीमक संघले मोटरको तेस्रो बीमामा पुल बनाउने निर्णय गरेको हो । निर्जीबन बीमा कम्पनीहरुलाई लाभ हुने भएको छ । बीमक संघले गरेको यो निर्णयसँगै अब तेस्रोपक्ष बीमा बापत आउने प्रिमियम सबै कम्पनीले अन्य क्षेत्रबाट गरेको प्रिमियमको आधारमा दामासायी रुपमा बाड्ने छन् ।
संघको यो निर्णयसँगै अब कुनै पनि सवारीसाधन धनी यातायात कार्यालयमा पुग्दा बाटैमा बीमा कम्पनीका प्रतिनिधि आएर हाम्रो बीमा कम्पनीमा बीमा गर्नु भनेर तानातान गर्ने प्रणाली पनि अन्त्य हुने भएको छ । सेवाग्राहीले मन लागेको बीमा कम्पनीमा तेस्रोपक्ष बीमा गर्न सक्नेछन् ।
बीमक संघका अनुसार सबै प्रदेशमा रहेका १८ यातायात कार्यालयहरुमा निर्जीबन बीमा कम्पनीको ६० वटा कार्यालय रहने छन् । जसमा सतुगंलमा ४, सानो भर्याङमा ४, इटहरी ३, तिनकुने भक्तपुर ३, बुटवल मनिग्राम ३, पोखरा ३, बिर्तामोड , भरतपुर ३, लाहान २, एकान्तकुना ४, नेपालगञ्ज २, धनगढी २, जनकपुर २, बीरगञ्ज २, भैरहवा २, कावासोती २, बिराटनगर १, बर्दिबास १, हेटौडा १, डुम्रे, तनहु, दमौली १, सुर्खेत १, पाल्पा १, बाग्लुङ १, महेन्द्रनगर १, भालुवाङ १, गाइघाट १, इलाम १, तुल्सीपुर १, धनकुटा १, कर्णाली जुम्ला १, दिपायल १ र डडेलधुरामा १ वटा रहनेछन् ।
संघले कुन बीमा कम्पनी कुन कार्यालयमा जाने भनेर चिठ्ठा प्रथाबाट टुंगो लगाएको हो । इन्स्योन्सले आर्जन गरेको बीमांक रकमको बाँडफाड कम्पनीको अन्य पोलिसी अनुसार हुने छ । आवश्यक अनुसार शाखा थप्ने पनि सकिने बीमा संघका अध्यक्ष दिप पाण्डले बताए ।
पुल लागु भएसँगै निर्जीबन बीमा कम्पनीको २५ देखि ३० करोड रुपैयाँ खर्च कम हुने उनको भनाई छ । यसले निर्जीबन बीमा कम्पनीहरुको नाफा पनि बढ्ने आंकलन गरिएको छ । यता निर्जीबन बीमा कम्पनीहरुले लामो समयदेखि यसको बीमा शुल्क र बीमांक रकम बढाउन माग गर्दै आएका छन् । हाल निर्जीबन बीमा कम्पनीहरुले तेस्रोपक्ष बीमाबाट करिब साढे २ अर्बको प्रिमियम संकलन गर्दै आएका छन् ।
SHARE YOUR THOUGHTS