काठमाडौं । काठमाडौको केही स्थानमा भोलि दिनभर बत्ती नहुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार चक्रपथ विस्तारका लागि नेपाल वन निगम लिमिटेडले रुख काट्ने भएकाले सो स्थापनमा पर्ने महाराजगञ्ज वितरण केन्द्रबाट आपूर्ती हुने धापासी फिडरबाट शनिबार बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरुद्ध हुने भएको छ ।
प्राधिकरण्का अनुसार बसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायत क्षेत्रका विद्युत् अवरूद्ध हुनेछ ।
रूख कटान कार्य निर्धारित समय अगाडि सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ।
SHARE YOUR THOUGHTS