एक्सेल डेभलपमेन्ट बैंकले लगानीकर्तालाई १८ प्रतिशत लाभांश दिने « Eglish Khabarhub

एक्सेल डेभलपमेन्ट बैंकले लगानीकर्तालाई १८ प्रतिशत लाभांश दिने



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीलाई १८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकको २३१औं सञ्चालक समितिको बैठकले सो लाभांश दिने घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँको १७.१० प्रतिशत अर्थात् ११ करोड ८४ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजनका लागि ०.९० प्रतिशत अर्थात् ६२ लाख ३४ हजार रुपैयाँ बराबरको नगद लाभांश गरी जम्मा १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण गरिने बैंकले जनाएको छ ।

Publish on: