काठमाडौं । नेपाल एसबीआई बैंकले साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले सो रकम बराबरको ऋणपत्रमा २५ लाख कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
‘नेपाल एसबीआई डिबेञ्चर २०८७’ नामक उक्त ऋणपत्र’ १० वर्ष अवधिका लागि १० प्रतिशत ब्याजदरमा एक हजार रुपैयाँ अंकित गरि बिक्री गरिने छ ।
कुल २५ लाख कित्ता सेयरमध्ये १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता बैंक आफैले राख्ने छ, भने बाँकी १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सेयर सर्वसाधारणमा जारी गरिने बैंकले जनाएको छ ।
बैंकको सो ऋणपत्रको बिक्री प्रबन्धक कुमारी क्यापिटल रहने छ, भने इक्रा नेपालले यो ऋणपत्रलाई उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एल डबल ए’ रेटिङ दिएको छ ।
SHARE YOUR THOUGHTS