बर्दिया । सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले केदारेश्वर धामलाई एक हजार लिटर क्षमताको एउटा पानीट्यांक हस्तान्तरण गरेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केदारेश्वर धाममा आउने भक्तजनका लागी सफापानीे उपलब्ध गराउन र नियमित सरसफाइका लागि धाममा आउने भक्तजनबाट सहयोग स्वरूप बीस रुपैयाँका ५ हजार थान टिकट समेत हस्तान्तरण गरेको हो ।
पानीट्यांकी र टिकट बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितीका अध्यक्ष कृष्णप्रसाद बास्तोलालाई हस्तान्तरण गरेका हुन् ।
बाँसगढीमा रहेको केदारेश्वर धाम यस क्षेत्रै ठूलो शिवलिंग हुनुका साथै सरकारको सय पर्यटकीय गन्तव्यमा समेत छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रका लागि सहयोग गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS