काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकका सन्तानलाई छात्रवृद्धि दिने भएको छ ।
‘एक शाखा एक छात्रवृद्धि’ नाम दिइएको यो योजनामा संस्थाले आफ्नो प्रत्येक शाखा कार्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा बढी अंक प्राप्त गर्ने छात्रछात्रामध्ये एक जनालाई नगद र प्रमाणपत्र सहित छात्रवृत्ति प्रदान गर्ने भएको हो ।
संस्थाका नेपालभर १४० वटा शाखा कार्यालय छन । छात्रवृत्ति कार्यक्रममा सरकारी÷सामूदायिक विद्यालयमा अध्ययन गरेका छात्रछात्रालाई प्राथमिकतामा दिइने पनि संस्थाले जानकारी दिएको छ ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालयमार्फत २ लाख ४७ हजार सदस्यलाई प्रत्यक्ष लघुवित्त सेवा प्रदान गर्दै आएको छ । संस्थाको अधिकृत पूँजी १ अर्ब रुपैयाँ जारी तथा चुक्ता पूँजी ७९ करोड २३ लाख रुपैयाँ छ ।
SHARE YOUR THOUGHTS