काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा हिमालयन बैंकको नाफा २७.४५ प्रतिशतले वृद्धि भएको छ । गत आवको पुस मसान्तमा १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ नाफा गरेको बैंकको नाफा चालु आवको सोही नाफामा ३७ करोड ५३ लाख रुपैयाँले बढेर १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ पुगेको छ ।
बैंकद्वारा सार्वजनिक चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको सञ्चालन नाफा भने १.८७ प्रतिशतले वृद्धि भएको छ । गत आवको पुस मसान्तमा ३ अर्ब ३० करोड ९४ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा सञ्चालन नाफा ६ करोड २२ लाख रुपैयाँले बढाएर ३ अर्ब ३७ करोड १६ लाख रुपैयाँ पुर्याएको हो ।
गत वर्षको ६ महिनाको तुलनामा बैंकको निक्षेप संकलन तर्फ १२.१९ प्रतिशत र कर्जा लगानी तर्फ ५.४१ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले चालु आवको ६ महिनामा १ खर्ब २२ अर्ब ७२ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ७२ करोड ४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ खर्ब ९ अर्ब ३८ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरि ९२ अर्ब ६९ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
बैंकले ब्याज आम्दानी तर्फ भने ३.३९ प्रतिशत वृद्धि गरेको छ । गत आवको ६ महिनामा २ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा ब्याज आम्दानी ८४ करोड रुपैयाँले बढाएर २ अर्ब ५७ करोड ८० लाख रुपैयाँ पुर्याएको छ । बैंकको वितरण योग्य नाफा भने ९२ करोड ९२ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ५ अर्ब ३० करोड ४३ लाख रुपैयाँ रहेको छ ।
यस्तै, चालु आवको पुस मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.०३ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तमा १.२५ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा चालु आवको सोही अवधिमा यस्तो अनुपात १.२८ प्रतिशत पुगेको छ । समिक्षा अवधिमा बैंकको कष्ट अफ फण्ड ६.३४ प्रतिशत, प्रतिसेयर आम्दानी ४०.९० रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०८.२० रुपैयाँ र पुस मसान्तसम्म बैंकको आधार दर ८.९२ प्रतिशत र स्प्रेड दर ५.३२ प्रतिशत रहेको छ ।
SHARE YOUR THOUGHTS