काठमाडौं । नेपाल बंगलादेशको चालु आर्थिक वर्षको ६ महिनामा ब्याज आम्दानी २.९५ प्रतिशतले घटेको छ । गत आवको ६ महिनामा १ अर्ब ३९ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा बैंकको ब्याज आम्दानी ४१ करोड २९ लाख रुपैयाँ घटेर १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ ।
बैंकको खुद ब्याज आम्दानी घट्नुको मुख्य कारण बैंकको स्प्रेड घट्नु रहेको छ । गत आवको पुस मसान्तमा ५.१० प्रतिशत स्प्रेड कायम गरि कर्जा लगानी गरेको बैंकले चालु आवको सोही अवधिमा स्प्रेड रेट ४.८० प्रतिशत कायम गरि कर्जा लगानी गरेको छ ।
बैंकद्वारा सार्वजनिक चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले गत आवको पुस मसान्तको तुलनामा खराब कर्जा अनुपात पनि ०.१४ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तमा खराब कर्जा अनुपात १.७८ रहेकोमा चालु आवको सोही अवधिमा बैंकको खराब कर्जा अनुपात १.९२ प्रतिशत पुगेको छ ।
बैंकले चालु आवको ६ महिनामा खुद नाफामा सामान्य वृद्धि भएको छ । गत आवको पुस मसान्तमा ७९ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा नाफामा १.८२ प्रतिशतले वृद्धि गरेर ८० करोड ७७ लाख रुपैयाँ पुर्याएको छ । साथै सो अवधिमा बैंककोे सञ्चालन मुनाफामा पनि ७.०९ प्रतिशतको वृद्धि देखिएको छ ।
गत आवको ६ महिनामा १ अर्ब ५ करोड १७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब १२ करोड ६२ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको हो । पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा भने ४३ करोड ८१ लाख रुपैयाँ रहेको छ ।
यस्तै, बैंकले चालु आवको पुस मसान्तसम्ममा ६३ अर्ब १२ करोड ४३ लाख निक्षेप संकलन गरी ५७ अर्ब ९३ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५९ अर्ब ७६ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।
हाल ८ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ४१ करोड ८५ लाख रुपैयाँ र शेयरधनी कोषमा ३ अर्ब ६८ करोड १३ लाख रुपैयाँ सञ्चित छ । बैंकको कष्ट अप फण्ड ७.३६ प्रतिशत, बेसरेट ९.९२ र स्पेड रेट ४.८० प्रतिशत रहेको छ ।
बैंकको प्रतिसेयर बजार मूल्य २०३ रुपैयाँ, प्रतिशसेयर नेटवर्थ १५६.४२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १० .१६ गुणा र तरलता अनुपात २३.४१ प्रतिशत रहेको छ ।
SHARE YOUR THOUGHTS