काठमाडौं । प्रभु बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका-२, १३ र २६ मा एकैसाथ ३ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकले बुधबार पोखरा महानगरपालिका-२ स्थित हरिचोकमा शाख उद्घाटन गरेको छ । बैंकको उक्त शाखा गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ती शेरचनले गरेका हुन् ।
यस्तै पोखरा महानगरपालिका-१३ स्थित बाँझापाटन शाखाको वडा नं १३ का वडाध्यक्ष लेख बहादुर तामाङ्ग र वडा नं. २६ स्थित अर्घौंचोक शाखाको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालज्यूले उद्घाट्न गरेका हुन् ।
पोखरा महानगरपालिकाकामा सञ्चालनमा ल्याएका थप ३ वटा शाखा कार्यालयहरु पनि बैंकको शाखा कार्यालयको संख्या २०८ पुगेको छ ।
हालसम्म बैंकले १५७ वटा एटिएम, ४३ वटा एक्स्टेन्सन काउण्टरहरुको सञ्जालसहित देशका विभिन्न १७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
SHARE YOUR THOUGHTS