काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४७ करोड २५ लाख १२ हजार ५७ रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९.९३ प्रतिशतले नाफा बढी हो ।
गत आवको सोही अवधिमा बैंकको नाफा ४२ करोड ९८ लाख ९ हजार १५३ रुपैयाँ थियो । बैंकको यो अवधिमा वितरणयोग्य नाफा ३४ करोड ३० लाख १३ हजार ६३६ रुपैयाँ छ ।
बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार देखिएको छ । गत आवको दोस्रो त्रैमासमा ९१ करोड ९१ लाख ४ हजार ७८५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ९ करोड ८७ लाख ४९ हजार ६१० रुपैयाँ आर्जन गरेको छ ।
यस्तै बैंकले गत आवको दोस्रो त्रैमासमा ६२ करोड ११ लाख ३५ हजार ६०४ रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा ६७ करोड ४९ लाख ३९ हजार ७३५ रुपैयाँ आर्जन गरेको छ ।
४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार ४८६ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७९ करोड ९८ लाख रुपैयाँ छ ।
यो अवधिमा बैंकको खराब कर्जा ०.०५ प्रतिशतबाट बढेर ०.११ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ १३ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ४७ पैसा छ ।