काठमाडौं । एनएमबि बैंकले घरेलु तथा साना उद्योगीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सहुलियत कर्जा उपलब्ध गराउने भएको छ ।
शुक्रबार राजधानीमा आयोजित समझदारी पत्रमा हस्ताक्षर गर्दै एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले परम्परागत बैंकिङभन्दा पृथक भएर मुलुकको अर्थतन्त्रमा सहयोग गरेको बताए ।
बैंकले नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ नेपाल तथा नेपाल उद्यमशिल महिला महासंघबीच समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
‘आफ्नै स्रोत र साधनलई परिचालन गरी साना तथा मझौला कर्जा, कृषि कर्जा, जलस्रोत कर्जा, उद्यमशिल विकास प्रबर्द्धन गर्न सहुलियतपूर्ण कर्जामा विशेष जोड दिँदै आएका छौं, यही प्रयासको निरन्तरामा यी संघबीच समझदारी भएको हो,’ केसीले भने ।
कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष पवन गोल्यानले आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनालाई प्रबद्र्धन गर्दै आन्तरिक निर्यात क्षमतालाई अभिवृद्धि गर्न बैंक मूल्य मान्यतामा आधारित बैंकिङ र दीगो बैंकिङको सिद्दान्तमा उभिएको बताए ।
बैंकले उद्यम शुरु गर्नका लागि सिड मनि समेत दिन सक्ने सीइओ केसीले जानकारी दिए ।
मुलुकमा अहिले १ अर्ब रुपैयाँ बराबरको अल्लोको बजार रहेकोमा आगामी दिनमा ५ अर्ब रुपैयाँको बनाउनु पर्ने उद्यमीहरुले बताएका थिए ।
बैंकले यस योजना अन्तर्गत १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।


प्रतिक्रिया