काठमाडौं । सिभिल बैंकले शुक्रबार भीमसेनस्थानस्थित शाखाको उद्घाटन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले शाखाको उद्घाटन गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गर्भनर शिवाकोटीले विदेशिएको जनशक्तिले आफ्नै देश फर्कनेलाई बैंकले कर्जा दिई रोजगारीको सिर्जना गरेकोमा प्रसंशा गर्दै सबैले क्षेत्रबाट वित्तीय योगदान पु्र्याए देश समृद्ध हुने बताए ।
समारोहका विशिष्ट अतिथि काठमाडौं महानगरपालिका वडा नं २० का वडा अध्यक्ष राजेन्द्र मानन्धरले आफ्नो वडामा खोलिएको पहिलो बैंक भएकोमा सिभिल बैंकलाई धन्यवाद दिए ।
समारोहमा सिभिल बैंक भीमसेनस्थान शाखाले यस क्षेत्रका सम्पूर्ण वचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानीयलाई उच्चस्तरीय बैकिङ सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नका लागि व्यापार व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउँदै लैजाने प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
कार्यक्रममा बोल्दै सिभिल बैंकका अध्यक्ष ई. इच्छाराज तामाङले सिभिल बैंक समाजसँग निकट भएर सञ्चालन गर्ने नीति लिएको बताउँदै भीमसेनस्थान क्षेत्रमा नेवारी बाहुल्यता भए बमोजिम उद्घाटन समारोहको ढाँचा पनि नेवारी संस्कृति अनुरुप गरिएको बताए ।
सामारोहमा परोपकार आदर्श माविको कक्षा ९ मा अध्ययनरत सुनी राईलाई मासिक ३ हजारको दरले वार्षिक ३६ हजार तथा काठमाडौं महानगरपालिका वडा नं २० की जेष्ठ नागरिक ९९ वर्षिया मायादेवी नकर्मीलाई निवासमै गई दोसल्ला ओढाइ सम्मान समेत गरिएको थियो ।
सिभिल बैंकको हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहक छन् । साथै ५२ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करिब ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेको र यस बैंकको देशभर १०६ वटा शाखा तथा २ एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिङ सेवा काउन्टर सञ्चालनमा छन् ।
SHARE YOUR THOUGHTS