मन्दिरमा झ्यालढोका राख्न कामना सेवाकोे १ लाख सहयोग « Eglish Khabarhub

मन्दिरमा झ्यालढोका राख्न कामना सेवाकोे १ लाख सहयोग



काठमाडौं । कामना सेवा विकास बैंकले पोखरा महानगरपाविलका वडा नं. १९ पुरुन्चौर स्थित शाखा कार्यालय मार्फत लामाचौर बगैचा स्थित श्री अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि आर्थिक सहयोग स्वरुप १ लाख रुपैंयाको चेक हस्तान्तरण गरेको छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष शोभामोहन पौडेल तथा कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रमको सहजीकरण बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज वास्तोलाले गरेका थिए ।

Publish on: