नक्कली सर्टिफिकेट पेश गरी साझामा जागिर खाने उपाध्यायविरुद्ध मुद्दा दायर « Eglish Khabarhub

नक्कली सर्टिफिकेट पेश गरी साझामा जागिर खाने उपाध्यायविरुद्ध मुद्दा दायर



काठमाडौं । साझा प्रकाशनमा जागिर खानका लागि नक्कली सर्टिफिकेट पेश गर्ने सहायक चतुर्थ तहका कुवेर प्रसाद उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

अख्तियारले आइतबार उनी विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । अख्तियारको आरोप पत्रमा खनालले बिहार संस्कृत शिक्षा बोर्ड पटना भारतबाट मध्यमा तह पास गरेको भनि झुठ्ठा शैक्षिक प्रमाण पत्र पेश गरेका थिए ।

उनले साझा प्रकाशन वीरगञ्जमा काम गरिरहेको र लाभ समेत दिएको उल्लेख छ ।

उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवरण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कसुर देखिएको हुँदा माग दाबी लिइ विशेष अदालतमा अरोपपत्र दायर गरेको हो ।

Publish on: