ग्लोबल आईएमई बैंकले सर्वोत्कृष्ट पुरुष र महिला बर्ष खेलाडीलाई नगद पुरस्कार प्रायोजन गर्ने « Eglish Khabarhub

ग्लोबल आईएमई बैंकले सर्वोत्कृष्ट पुरुष र महिला बर्ष खेलाडीलाई नगद पुरस्कार प्रायोजन गर्ने




काठमाडौं । ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघद्धारा आयोजित स्र्पोट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ ।

पुरुषतर्फ सवातर््ेकृष्ट भएका प्याराग्लाईडिङ्गका विमल अधिकारी र महिला तर्फ सर्वोकृष्ट भएकी तेकवान्डोकी निमा गुरुङ्गलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले जनहि एक लाखको चेक हस्तान्तरण गरेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदको विकाश र विस्तारको लागि निरन्तर रुपमा खटि काम गर्ने संघसंस्था, व्यक्तित्वहरु लगाएत राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुको मनोबल बढाउने उद्धेश्यले विगत १३ वर्ष देखि निरन्तर स्र्पोट्स अवार्ड प्रदान गर्दै आईरहेको छ ।

सोहि कार्यलाई निरन्तरता दिदैं १४औं एन.एन.आई.पि.ए स्र्पोट्स अवार्ड यहि मिति २०७६ साल फाल्गुन ०६ गते वसन्तपुरको डवलीमा आयोजना गरिएको थियो ।

Publish on: