प्रदीप गिरीले भने- भारतमा ‘नमक कर’ जस्तै ‘किताब कर’ लेख्नुछ, आन्दोलन नछाड्नुस् « Eglish Khabarhub

प्रदीप गिरीले भने- भारतमा ‘नमक कर’ जस्तै ‘किताब कर’ लेख्नुछ, आन्दोलन नछाड्नुस्



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले सरकारले पुस्तकमा लगाएको कर फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्न आह्वान गरेका छन् ।

बुधबार माइतिघर मण्डलामा आन्दोलित युवालाई सम्बोन गर्दै उनले लोकतन्त्र भनेको संख्यातन्त्र नभएको बताउँदै युवालाई आन्दोलन जारी राख्न आग्रह गरे ।

‘तपाईहरु युवा हुनुहुन्छ, यहाँ आउनु भएका धेरै जना १७÷१८ वर्षका युवाहरु हुनुहुन्छ, तपाईहरुले आन्दोलनले सफलता नपाउदासम्म आन्दोलन नछाड्नुहोस्,’ उनले भने ।

नेपालमा जति पनि आन्दोलनबाट परिवर्तन भएका छन्, त्यो हिंसाबाट भएका छन् । तर यो शान्तिपूर्ण आन्दोलनबाट परिवर्तन आवश्यक छ । आज नयाँ युगको शुरुवात गर्नु परेको छ । र, यो पुस्तक आन्दोलनबाट शुरु हुनेछ ।

‘भारतमा नमक कर इतिहासमा लेखिए जस्तै तपाईहरुको आन्दोलनले किताब कर लेखियोस । तपाईहरु आन्दोलन नछाड्नुहोस्, त्यसमा म पनि तपाईको साथमा छु,’ उनले भने ।

उनले भोलिदेखि नै पुस्तक लिएर आन्दोलनमा उत्रन सुझाव समेत दिए ।

Publish on: