काठमाडौं । बैंक अफ काठमाण्डूले २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकलाई बिओके स्मार्टमार्फत् रिजार्चमा २५ प्रतिशसम्म रकम फिर्ता दिने भएको छ ।
बैंकका अनुसार नेपाल टेलिकम र एनसेलका प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहकले कारोबार रकमको २५ प्रतिशत नगद फिर्ता पाउनेछन् ।
ग्राहक महानुभावहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्र्माटबाट गरिने पहिलो कारोबार अन्र्तगत पहिलो टपअप कारोबारमा गर्नुपर्ने छ । बैंकले अब पाउनुहोस्, मोबाइल भुक्तानीमै आम्दानी भन्ने मुलनाराका साथ सार्वजनिक गरेको उक्त योजना सीमित अवधिका लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहक महानुभावहरुलाई अनुरोध गरेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
SHARE YOUR THOUGHTS