एनआईसी रेमिट र लिगल रेमिटबीच सम्झौता, अष्ट्रेलियाबाट सहजै पैसा पठाउन सकिने « Eglish Khabarhub

एनआईसी रेमिट र लिगल रेमिटबीच सम्झौता, अष्ट्रेलियाबाट सहजै पैसा पठाउन सकिने



काठमाडौं । एनआईसी एशिया बैंक र लुम्बिनी ग्रुप प्रालिबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत शुरु भएको छ ।

सम्झौता पश्चात अष्ट्रेलियामा बसोबास गर्ने नेपालीले लिगलबाट रकम पठाएर बैंकको एनआईसी एसिया रेमिटमार्फत् तुरुन्तै रकम भुक्तानी लिन सक्नेछन् । साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिनेछ ।

लिगल रेमिटमार्फत् अष्ट्रेलियामा रहुनुभएका नेपालीहरूले पठाएको विप्रेषण रकम नेपालमा रहने उनीहरुका आफन्तहरु वा अन्य व्यक्तिले बैंकका मुलुकभर छरिएका ३१९ वटा शाखा, १०७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ इकाइ तथा ९ हजारभन्दा बढी सहायक प्रतिनिधिमार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नेछन् ।

बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Publish on: