मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मापसे चेकिङ अनिश्चितकालका लागि स्थगित


काठमाडौं । नेपाल प्रहरीले सवारीसाधनका चालकलाई गर्ने मदिरा पदार्थ सेवनको चेकिङ कोराना भाइरसको कारण अनिश्चितकालका लागि स्थगित गर्ने भएको छ ।

प्रहरीले पहिलाजस्तो मेसिन लगाएर मापसे चेकिङ गर्ने छैन । यद्यपी प्रहरीको आफ्नो चेकिङका लागि भने बस्ने छ । चालकहरु अत्याधिक मदिरा सेवन गरेर आएको पाइएमा अस्पतालमा लगेर चेकिङ हुने छ । कोरोना भाइरस फैलन सक्ने डरको कारण मापसे चेकिङ रोकिएको हो ।

प्रहरीले असहज अवस्थामा चालकहरुले यसरी मदिरा पदार्थ सेवन गरेर सवारी नचलाउनेमा सचेतना अपनाउन आग्रह गरेको छ ।