१ पुस २०८२, मंगलबार

मंगलबारदेखि बैंक र बीमा कम्पनीका शाखा आंशिक खुल्ने


काठमाडौं । सरकारले एक सातासम्म पूर्णरुपमा देशभर लक डाउन गर्ने निर्णय गरेसँगै बैंक तथा वित्तीय संस्थाको सेवा आंशिक रुपमा खुल्ला हुने भएको छ ।

सरकारले गरेको निर्णयमा बैंक र बीमा सेवाको बारेमा उल्लेख छैन । बैंकको शाखा चलाउन र नगद व्यवस्थापन गर्नको लागि लिनुपर्ने काम गर्न कठिन हुन्छ ।

मंगलबारदेखि एक साता लकडाउन गर्ने सरकारको निर्णय, सवारी साधन पनि चलाउन नपाइने

राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटी सरकारी निर्णय अनुसार बैंकको शाखा खुल्न कठिन हुने  हुँदा सिमित अवधीको लागि निक्षेप राख्ने र निकाल्ने सुविधा दिने  व्यवस्था मिलाउने बताए ।

सबै शाखा खोल्न भने निकै नै कठिन हुन्छ । यद्यपी सहज सेवाको लागि आफुहरुले विद्युतीय प्रणाली अपनाउन आग्रह गरेको बताए ।

यस्तै बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारी निर्णय अनुसार बीमा सेवा बन्द रहने बताए । अत्यावश्यक सेवाको लागि बीमा कम्पनीले अनुकुलताको आधारमा निर्णय लिनुपर्ने बताए ।

बीमा कम्पनी पनि आंशिक रुपमा खुल्ला हुने छ ।

मंगलबार काठमाडौं उपत्यकामा भने सार्वजनिक बिदा रहेको छ ।

यसअघिको प्रकाशित बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द हुने समाचार गलत भएको हुँदा सच्चाइएको छ । सम्पादक