काठमाडौं । इन्ट्रिग्रेटेड गु्रप नेपालका कार्यकारी अध्यक्ष भरत पराजुलीले स्वास्थ्य मन्त्रालयको आपतकालीन तथा विपद व्यबस्थापन ईकाईलाई ४० सेट पिपिई हस्तान्तरण गरेका छन् ।
हरेक पिपिई सेटमा ‘एन–९५’ माक्स, चस्मा, पञ्जा, हेलमेट, शरिमा लाउने कपडा, जुुत्ता, स्यानीटाईजर, जुत्ता कभर सहित ८ प्रकारका स्वास्थ्य सामाग्री रहेका छन् । हस्तान्तरण गरिएका पिपिई सेट विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप रहेका छन् ।
पराजुलीले सबै सामाग्री नेपालकै बजारबाट किनेको जानकारी दिए । ‘१ सेट पिपिईको मुल्य अभिवृद्धिकर भ्याट बाहेक ८ हजार ५ सय रुपैयाँ पर्यो’, पराजुलीले भने, कोरोना उपचारमा संलग्न चिकित्सकको आत्मबल बढोस भनेर आफुले सकेको सहयोग गरेको हुुँ ।’
उनले अरुले पनि यस्ता सेट सहयोग गर्न सके महामारीका विचमा उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल उच्च हुने विश्वास व्यक्त गरे । ‘यो एउटा नेपाली नागरिकको दायित्व निर्वाह गरेको हुँ’ उनेले भने ।
पिपिई सेट बुुझेपछि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोसन पोखरेलले अहिलेको आवश्यकता नै पिपिई भएको बताए ।
सेटले ज्वरो क्लिनीक, आईसोलेसनमा भएका बिरामी हेर्न डक्टर, नर्स र अरु मानिसलाई पनि काम गर्न सजिलो हुने पोखरेलको भनाई छ ।
SHARE YOUR THOUGHTS