महालक्ष्मी विकास बैंकले श्रमिकलाई सहयोग गर्न प्रहरीलाई दियो खाद्यान्य सामाग्री « Eglish Khabarhub

महालक्ष्मी विकास बैंकले श्रमिकलाई सहयोग गर्न प्रहरीलाई दियो खाद्यान्य सामाग्री



काठमाडौं । महालक्ष्मी विकास बैंकले कोरोना भाइरसको कारण समस्यामा परेका श्रमिकलाई सहयोग गर्न प्रहरीलाई खाद्यान्य सामाग्री सहयोग गरेको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले गत चैत्र ११ गते देखि देशैभरी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुका लागि राहत स्वरुप महालक्ष्मी विकास बैंकले ४ लाख बराबरको खाद्यान्न सामाग्री महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको छ । उक्त खाद्यान्न बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेललाई हस्तान्तरण गरे ।

बैंकले प्रदान गरेको उक्त सहयोगले यस असहज परिस्थितिमा श्रमीकहरुलाई जीवनयापन गर्न मद्दत पुग्ने विश्वास बंैकले लिएको छ । बैंकले यस विषम परिश्थितिमा सम्पुर्ण जनतालाई घ रभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

Publish on: