संकम्रणको समयमा काम गर्ने बैंकका कर्मचारीलाई अतिरिक्त भत्ता दिन वित्तीय कर्मचारी संघको माघ « Eglish Khabarhub

संकम्रणको समयमा काम गर्ने बैंकका कर्मचारीलाई अतिरिक्त भत्ता दिन वित्तीय कर्मचारी संघको माघ



काठमाडौं । बैंंकर्सहरुले कोरोना भाइरसको संक्रमणको जोखिममा काम गर्ने कर्मचारीहरुको स्वास्थ्य सुरक्षाको प्रत्याभुति र काममा खटिने कर्मचारीलाई प्रोत्साहन गर्न माग गरेका छन् । संक्रमणको उच्च जोखिममा संस्थाको काममा खटिएका कुनै कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित भएमा तत्काल उपचार, स्वास्थ्य बीमा साथै ग्रेडबृद्धि तथा पुरस्कार, बैदेशिक तालिमको अवसर आदिकोे व्यवस्था लगायतका अन्य १३ बुँदे माग नेपाल वित्तीय संस्था कर्मचारी संघले सरोकारवाला निकायमा राखेका हुन् ।

यस्तै, संघले परिस्थितीलाई बहाना बनाएर कुनै पनि बैंक तथा वित्तीय संस्थाको व्यवस्थापनले, कुनै कर्मचारीलाई जागिरबाट हटाएमा वा विमुख गरेमा नेपाल वित्तीय संस्था कर्मचारी संघलाई सो निर्णय कुनै हालतमा सहृय नहुने उल्लेख गरेको छ । यदि त्यसो गरिएको पाइएमा संघको तर्फबाट त्यसको कडा प्रतिरोध गने जनाएको छ ।

जसका लागि महामारीले पार्ने असरका सम्वन्धमा बेलैमा सचेत भई वित्तीय क्षेत्र लगायत समग्र अर्थतन्त्रमा पर्नजाने ठूलो क्षतिलाई न्यून गर्न योजनावद्ध रुपमा नीति तथा कार्यक्रमहरु ल्याउने तर्फ गम्भीर हुन सम्वन्धित सबै संघले आग्रह गरेको छ ।

आइतबार वित्तीय संस्था कर्मचारी संघले विज्ञाप्ती जारी गर्दै सरोकारवालाहरुलाई कोरोना भाइरसले पार्ने प्रभाव र त्यसको समाधानका लागि सुझा दिएका छन् । संघले काममा खटिएका कर्मचारीहरुको मृत्यु भएका निजले संस्थामा तिर्नपर्ने सम्पूर्ण कर्जाहरु मिनाहागरी निजको आश्रित परिवारलाई कम्तीमा ५० लाख रुपैयाँ बराबरको राहतको व्यवस्था गर्नु पर्ने माग पनि राखेका छन् ।

कर्मचारी संघले सरकारले नै सेवा अन्तर्गत बैंकिङ सेवा लक डाउनमा पनि सुचारु गर्ने निर्देशन दिएको कारणले ७४६ स्थानिय तहमा बैंकिङ सेवा दिइरहेका कर्मचरीे स्वास्थ्य सुरक्षा, विमा सुरक्षा तथा विशेष आर्थिक सुविधा र प्रोत्साहनको व्यवस्थागरी कर्मचारीको मनोवल बढाउँनुको साथै काम प्रति उत्पे्ररित गर्ने वातावरण सृजना गर्न नेपाल सरकार, नियामक निकाय, सम्वन्धित संस्था तथा सरोकारवाला निकाय सबैको ध्यानाकर्षण गराउदै विज्ञप्ती जारी गरेको छ ।

Publish on: