एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि « Eglish Khabarhub

एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा एकै दिन थप १० जनाको कोरोनाको संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार नेपालगन्जमा ९ र पर्सामा १ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । उनका अनुसार नेपालगन्जमा भेटिएका संक्रमित मध्ये ५ जना पुरूष र ४ जना महिला रहेका छन् । उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन् ।

यस्तै पर्साको वीरगन्ज महानगरपालिका–३ छपकैया ३६ वर्षीय पुरूषलाई कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ६९ पुगेको छ भने १६ जना उपचारपछि घर फर्किसकेका छन् ।

Publish on: