काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्रले बैशाख २१ गतेसम्म ३६ खर्ब ७८ निक्षेप संकलन गरी ३२ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको बताएका छन् । बैंकिङ क्षेत्रबाट भएको कर्जा प्रवाहमा ५ करोड माथी ३६ प्रतिशत र ५० लाख भन्दा तल ३४ प्रतिशतले रहेको बताएका हुन ।
संघीय संसद अन्तर्गतको अर्थसमितिले आयोजना गरेको बैठकमा गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन् । उनका अनुसार बैंकिङ क्षेत्रबाट प्रवाह भएको कर्जामा सबैभन्दा बढी होलसेल र रिटेल क्षेत्रमा ६ खर्ब ६० अर्ब रुपैयाँ रहेको छ ।
अधिकारीका अनुसार बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा मध्ये कृषि क्षेत्रमा कुल कर्जाको ७.०४ प्रतिशत अर्थात कर्जा प्रवाह २ खर्ब २० अर्ब ४३ करोड रुपैयाँ र उत्पादनमुलक क्षेत्रमा ५ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ प्रवाह भएको छ ।
यसैगरी, निर्माण क्षेत्रमा ३ खर्ब ४५ अर्ब रुपैयाँ, मेटल, इलेक्ट्रिक र स्टिलमा ४१ अर्ब ९ करोड रुपैयाँ, गाडी, स्पेयर पार्टसमा ४८ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रपाह भएको छ । साथै सञ्चार, पब्लिक सर्भिस क्षेत्रमा ८ खर्ब ९४ अर्ब रुपैयाँ, बीमा फाइनान्स क्षेत्रमा २ खर्ब ५० अर्ब रुपैयाँ, सेवा क्षेत्रमा, होटल, टुरिजम, विज्ञापन एजेन्सीलगायतका क्षेत्रमा २ खर्ब ८० अर्ब रुपैयाँ, गोल्ड, सिल्भर र एटीएम कार्डलगायतमा ९१ अर्ब रुपैयाँ र अन्यमा ५ खर्ब ४१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको उनले बताए ।
समितिको बैठकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बैंकिङ क्षेत्रबाट जाने गरेको कर्जा उत्पादनमुलक भन्दा पनि अनुत्पादन मुलक क्षेत्रमा बढी गएको बताए । पूर्व अर्थमन्त्री समेत रहेका निक्षेप गाँउ गाँउबाट संकलन हुने र बैंकिङ क्षेत्रले कर्जा चाँही सहरिया नव धनाढ्यलाई मात्रै दिने गरेको दाबी गरे ।
बैंक तथा वित्तीय संस्थाहरु अहिले पहिलाका साहु महाजन जस्ता भएको आरोप समेत लगाए । अहिले बैंकिङ क्षेत्रमा कर्जाको ब्याज बढी भएको र बैंकिङ क्षेत्र पैसा खेलाएर पैसा कमाउने तर्फ लागेको भन्दै यसमा न्यून गर्न आवश्यक रहेको बताए ।
उनले ब्याजदर पनि घटाउन आग्रह गरे । ‘विकसित देशमा २, ३ प्रतिशतमा ब्याज पाइन्छ । कुनै कुनै देशमा पैसा राख्दा उल्टै ब्याज पाइन्छ’ उनले भने ६.७७ प्रतिशत निक्षेपमा र ११.८० प्रतिशत कर्जामा ब्याज बढी भयो । अब स्प्रेड ५ प्रतिशतसम्म रहेको छ । यो बढी भयो । यो विक्रृती भयो, यो विकृती घटाउनु पर्छ ।’
कार किन्न, घर बनाउन, जग्गा किन्नको लागि सहजै ऋण पाइने र उत्पादन मुलक क्षेत्रमा लगानी गर्न चाहेको खण्डमा कर्जा नपाउने समस्या रहेको भन्दै यसको अन्त्य गर्न गभर्नर अधिकारीलाई आग्रह समेत गरेका छन् ।
उनले भने ‘अहिले पनि कर्जा उत्पादनमुलक भन्दा पनि वितरणमुखी क्षेत्रमा नै रहेको छ ।’
SHARE YOUR THOUGHTS