व्यवसायीले पाएको ५० करोड रि-फाइनान्स १० करोडमा झार्दै राष्ट्र बैंक « Eglish Khabarhub

व्यवसायीले पाएको ५० करोड रि-फाइनान्स १० करोडमा झार्दै राष्ट्र बैंक



काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट व्यवसायीहरुले लिने गरेको रि-फाइनान्सको दायरा राष्ट्र बैंकले घटाउने भएको छ ।

यसअघि व्यवसायीले ५० करोडसम्म रि फाइनान्स लिने सुविधालाई घटाएर राष्ट्र बैंकले १० करोडमा सिमित पार्ने भएको छ ।

संघिय संसद अन्तर्गतको अर्थ समितिको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले उक्त कुरा जानकारी गराएका हुन । उनले भने ‘अब हामी ५० करोडलाई घटाएर १० करोड भन्दा बढी एउटा विजेनश हाउसले लिन नपाउने व्यवस्था गर्दै छौं ।’

१५ लाख भन्दा कम पाउनेलाई ३ प्रतिशत राष्ट्र बैंकले दिने र ७ प्रतिशतमा पाउने व्यवस्थालाई अब २ प्रतिशत राष्ट्र बैंकले दिने र ५ प्रतिशतमा सर्वसाधारणले पाउने व्यवस्था गरेको जानकारी गराए ।

पहिला ५० करोडसम्म रि-फाइनान्स हुने व्यवस्था रहेको भन्दै केही ठूलो उद्योगीले पनि पाएको र त्यसको थ्रेस होल्ड हटाउने तयारीमा रहेको उनको भनाई छ । राम्रो नाफा कमाउने संस्थालाई धेरै ब्याजदर नचाहिने भन्दै सानालाई सघाउने राष्ट्र बैंकको योजनना रहेको उनको भनाई छ । साइज घटाएपछि धेरै भन्दा धेरैले पाउने उनको तर्क छ ।

बैंकले ऋण दिने तर लघुवित्त लगायतले यो सेवा लिन नपाउने गरेको भन्दै अब सबै बैंक तथा वित्तीय संस्थाले दिन पाउने गरी कार्यविधि संसोधन गर्न लागेको पनि जानकारी गराए ।  तोकेको मापदण्ड पुरा गरेकालाई उनीहरुले नै दिने र त्यसको लागि राष्ट्र बैंकसम्म आउन नपर्ने जानकारी गराए । उनले भने ‘यो भयो भने धेरै पुर्नकर्जाको पहुँचमा पुग्नेछन् ।’

उनका अनुसार अब ठूला भन्दा साना ऋणिले पाउने गरी काम गर्न लागेको समेत जानकारी गराए । यसको लागि सरकारसँग छलफल गर्ने र १ आर्थिक वर्षमा १ खर्बको बनाउने तयारी रहेको उनको दाबी छ । यसले उत्पादन मुलक क्षेत्रमा उक्त कर्जा जाने बताए ।

बैठकमा उनले कतिपय समयमा ब्याजदर मिनाहाको कुरा उठने गरेको भन्दै त्यो सम्भावना नरहेको बताए । गभर्नर अधिकारीका अनुसार रि-फाइनान्सको फाण्डको साइज ६० अर्ब भनेपनि १८ अर्ब मात्रै रहेको छ ।

रि-फाइनान्सको फण्डका साइज ५० अर्ब ६० अर्ब हुँदै १ खर्ब बनाउने भनेपनि अहिलेसम्म ४२ अर्ब अझै दिन बाँही रहेको उनको भनाई छ । विभिन्न समस्याका कारण रि-फाइनान्सको रकम खर्च हुन नसकेको उनले बताए ।

बैठकमा उनले  व्यवसायीहरुले बैंककाे ब्याज मिनाहा गर्न माग भएको भन्दै त्यो सम्भव नहरेको बताए । उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिने ऋणको व्याजालई मिनाहा गर्न माग गरेपनि यो बेला ब्याज मिनाहा भन्दा पनि सबै संस्टेन हुनुपर्ने बताए ।

अहिलेको लागि बैंकको ब्याज तिर्ने तनाबबाट मुक्त हुन सबै व्यवसायीलाई आग्रह गर्दै आगामी दिनमा भने तिर्नैपर्ने बताए । यो बेलामा समय थप्न सकिने भन्दै मिनाहा सम्भावन नभएको विषय भएको उनको भनाई छ । यो बेलामा बिजनेश संस्टेन हुनुपर्ने र बैंक पनि संस्टेन हुनुपर्ने उनको भनाई छ ।

Publish on: