१७ जना कोरोना संक्रमित थपिए,संकमितको संख्या ९९ पुग्यो « Eglish Khabarhub

१७ जना कोरोना संक्रमित थपिए,संकमितको संख्या ९९ पुग्यो



काठमाडौं । एकैदिन कोरोनाबाट १७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत विरगन्जमा १७ जना संक्रमित थपिएको जनाएको छ ।

जसमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । १७ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

बुधबार थपिएका १७ जना संक्रमित सबै पर्सा जिल्ला विरगन्जका हुन् ।

संक्रमण देखिनेमा २ महिनाको बच्चादेखि ६६ वर्ष उमेर पुगेका व्यक्ति छन् ।

Publish on: