मापदण्ड पालना गरी राजमार्गका होटल खोल्न पाइने « Eglish Khabarhub

मापदण्ड पालना गरी राजमार्गका होटल खोल्न पाइने



काठमाडौं । सरकारले राजमार्गमा होटलहरुलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने निर्णय गरेको छ ।

लकडाउनको समयमा पनि ढुवानीका साधन आवतजावत गर्ने भएकाले कम्तीमा ५० किलोमिटरको दुरीमा सम्बन्धित स्थानीय तहको तोकेको स्थानमा र स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको मापदण्ड अपनाएर सवारी साधन ममर्त गर्ने, वर्कसप, पेट्रोलपम्म र खानाको प्याकेट मात्रै बिक्री गर्ने गरी होटल रेष्टुराँ सञ्चालन गर्न पाइने छ ।

त्यसका लागि स्थानीय तहले समन्वय गर्नुपर्ने छ । राजमार्ग र सहायक राजमार्गमा सवारी साधन पनि तोकिएको स्थानमा मात्रै रोक्न पाउने व्यवस्था समेत गरिएको छ ।

Publish on: