काठमाडौं । कोरोना भाइरसको संक्रमण हुनेको संख्या १२१ पुगेको छ । सोमबार सप्तीमा थप एक जनामा कोरोना भाइरसको पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशालामा भएको परीक्षणमा नयाँ पुष्टि भएको हो । संक्रमित डोक्नेश्वरी नगरपालिका वडा नम्बर ३ निवासी १८ वर्षे पुरुष हुन् ।
उनको स्वास्थ्य सामान्य छ भने स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत मन्त्रालयले जानकारी दिएको छ ।
SHARE YOUR THOUGHTS