काठमाडौं । मासको दाल अत्यधिक मूल्यमा बिक्री गरेको आरोपमा वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले बिगमार्टलाई ३ लाख रुपैयाँ जरिवाना तिराएको छ ।
अनुगमनमा गएको विभागको टोलीले मासको दाल प्रतिकेजी २७१ रुपैयाँमा बिक्री गरेको भन्दै जरिवाना तिराएको हो ।
विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले ३८ (ङ) को कसुरमा ३९ (१) (ख) बमोजिम ३ लाख रूपैयाँ जरिवाना गराएके जानकारी दिएको छ ।
SHARE YOUR THOUGHTS