एकैदिन ५७ जना कोरोना संक्रमित थपिए, कुल संख्या १९१ पुग्यो « Eglish Khabarhub

एकैदिन ५७ जना कोरोना संक्रमित थपिए, कुल संख्या १९१ पुग्यो



काठमाडौं । एकदिन कोरोना ५७ जना कोरोना संक्रमितको संख्या थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ५७ जना नयाँ संक्रमित थपिएका छन् ।

कोरोनाबाट संक्रमित हुनेको संख्या १९१ पुगेको छ ।

नेपालमा कोरोना संक्रमित एकैपटक ठूलो संख्या ५७ जनामा भएको पुष्टी भएको यो पहिलो पटक हो । मंगलबार देखिएका ५७ जना संक्रमित पुरुष हुन् ।

मंगलबार थपिएका नयाँ संक्रमितमा कपिलवस्तुका ८,रुपन्देहीमा ९,पर्सामा ३९ र बारामा १ जना छन् ।

Publish on: