सिभिल बैंकको नाफामा २७ प्रतिशतले घट्यो, वितरण योग्य नाफा १९ करोड बढी ऋणात्मक « Eglish Khabarhub

सिभिल बैंकको नाफामा २७ प्रतिशतले घट्यो, वितरण योग्य नाफा १९ करोड बढी ऋणात्मक



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिभिल बैंकको नाफा २७ प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तसम्म ४९ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा खुद नाफा १३ करोड ३३ लाख रुपैयाँले घटाएर ३६ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकद्वारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा १९ करोड ७ लाख ३३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

सो अवधिमा बैंकले ४९ अर्ब ८४ करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब १ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेकोे छ । जसबाट बैंकले १ अर्ब ७० करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको छ ।

जुन गत आवको चैत मसान्तको भन्दा ८.५९ प्रतिशत अर्थात १३ करोड ५३ लाख रुपैयाँ बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै सो अवधिमा बैंकले ५३ करोड ८७ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस्तै, चालु आवको चैत मसान्तसम्म बैंकको खराब कर्जा अनुपात २.९६ प्रतिशत, कष्ट अफ फण्ड ८.१५ प्रतिशत, बेसरेट १०.९२ प्रतिशत, स्प्रेडरेट ४.०९ प्रतिशत र सीसीडी रेसीयो ७७.७० प्रतिशत रहेको छ ।

साथै सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०१ पैसा, प्रतिसेयर नेटवर्थ १ सय २४ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात २२.९८ गुणा रहेको छ ।

Publish on: