राष्ट्रिय वाणिज्य बैंकको नाफा १३.२३% ले घट्यो, वितरण योग्य नाफा १ अर्ब बढी « Eglish Khabarhub

राष्ट्रिय वाणिज्य बैंकको नाफा १३.२३% ले घट्यो, वितरण योग्य नाफा १ अर्ब बढी



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नाफा १३.२३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म ३ अर्ब ४९ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरको बैंकले चालु आवको सोही अवधिमा खुद नाफा ३ अर्ब ३ करोड ६२ करोड रुपैयाँमा सीमित भएको हो ।

सो नाफा गत वर्षको चैत मसान्तको तुलनामा ४६ करोड ३० लाख रुपैयाँ कम हो । बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य मुनाफा १ अर्ब १५ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकले २ खर्ब ४५ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ६ अर्ब ९७ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिकोभन्दा ५.५२ प्रतिशत कम हो ।

गत आवको चैत मसान्तसम्ममा बैंकले ७ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै बैंकको सञ्चालन मुनाफा ४ अर्ब १६ करोड ८० लाख रहेको छ ।

यस्तै, बैंकको वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा बैंकको खराब कर्जा ४.६४ प्रतिशत, कष्ट अफ फण्ड ४.१९ प्रतिशत, वेसरेट ६.७२ प्रतिशत, स्प्रेडरेट ४.७० प्रतिशत र सीसीडी रेसीयो ७०.०५ प्रतिशत रहेको छ ।

Publish on: