काठमाडौं । बारा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ । मंगलबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउनलाई अझ प्रभावकारी बनाउनका लागि निषेधाज्ञा जारी गरेको हो ।
केन्द्रले जारी गरेको सूचनामा कोरोना संक्रमितको बढ्दो संख्यालाई मध्यनजर गर्दै पर्सा, वीरगञ्जबाट बारा जिल्लामा कार्यालय तथा अन्या प्रयोजनका लागि हुने दैनिक आवातजावत (अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत्, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्याँस, तरकारी, तेल, औषधि, एम्बुलेन्स) बाहके अनय सवारी साधनलाई पूर्णरुपमा सञ्चालनमा बन्देज लगाउने निर्णय गरेको हो ।
साथै जिल्ला तथा ईलाका प्रशासन कार्यालयबाट जारी भएको सिकिस्त बिरामी प्रयोजन बाहेकका अन्य हस्तलिखित तथा ई–पासलाई भोलिदेखि खारेज गर्ने समेत निर्णय गरिएको छ ।
त्यसैगरी उद्योग तथा प्रतिष्ठान, बैंक, कार्यालय, ठूला आयोजना तथा अन्य संस्था सञ्चालन गर्दा पर्सा वीरगञ्जमा रहने कर्मचारी तथा कामदारलाई कामकाजमा नलगाउने, उद्योग प्रतिष्ठानभित्र रहेर स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्ड पूर्णपालना गर्ने, कर्मचारी कामदारलाई आफै होस्टेलमा राखी सञ्चालन गर्ने र उद्योगीले मात्रै उद्योग व्यवसाय सञ्चालन गर्ने र अन्य अवस्थामा सञ्चालन नगर्न निर्देशन दिएको छ ।
साथै भारतसँग जोडिएको सीमानाकामा आवतवाजत पूर्णरुपमा बन्द गर्ने र अत्यावश्यक काम बाहेक अन्य व्यक्तिलाई घरबाहिर निस्कन नदिने निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्