एनआईसी एशिया बैंकले ऋणीहरुलाई जेष्ठ महिनामा समेत कर्जाको ब्याजमा १० % छुट दिने « Eglish Khabarhub

एनआईसी एशिया बैंकले ऋणीहरुलाई जेष्ठ महिनामा समेत कर्जाको ब्याजमा १० % छुट दिने



काठमाडौं । एनआईसी एशिया बैंकले ऋणीहरुलाई जेठ महिनामा पनि ब्याजमा १० प्रतिशत छुट दिने भएको छ ।

ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दरमा २ प्रतिशत छुट र भुक्तान गरिएको ब्याजमा १० प्रतिशत छुट दिने योजना जेठ महिनामा पनि निरन्तरता दिने जनाएको छ ।

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टडकारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले यस्तो योजना ल्याएको हो ।

राष्ट्र बैंकले चैत मसान्तमा १० प्रतिशत ब्याज छुट दिन भनेकोमा एनआईसी एशिया बैंकले बैशाखमा पनि यस्तो छुट दिएको थियो भने जेठमा पनि छुटलाई निरन्तरता दिने भएको हो ।

Publish on: