काठमाडौं । शुक्रबार थप ९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा वीरगञ्जका ९ र १० वर्षे बालक, २३ र ४७ वर्षे महिलामा कारोना पुष्टि भएको हो । त्यस्तै उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षे पुरुष, दाङ गढवा वडा नम्बर ४ र ५ र तुलसिपुर वडा नम्बर ७ निवासी २३, ३६, ३४, वर्षे पुरुष तथा काठमाडौं सतुंगलमा बस्ने ७ वर्षे बालकमा कोरोना पुष्टि देखिएको हो ।
योसँगै कुल कोरोना संक्रमितको संख्यउा २६७ पुगेको छ ।
SHARE YOUR THOUGHTS