शनिबार थप ६ जनामा कोरोना पुष्टि, संख्या २७३ पुग्यो

काठमाडौं । शनिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बर्दिया नार्खुकी २८ वर्ष महिला,  सिराह सखुवाका ३० वर्षे पुरुष, पर्सा वीरगञ्जका २८ र २९ वर्षे पुरुष, सर्लाही रामनगरकी १८ वर्षे युवती र चितवन गढौलीकी २५ वर्षे युवतीमा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमित हुनेको संख्या २७३ पुगेको छ । जसमध्ये उपचारपछि ३३ जना निको भएका छन् ।