कोरोनाका कारण नेपालमा एक सुत्केरी महिलाको मृत्यु « Eglish Khabarhub

कोरोनाका कारण नेपालमा एक सुत्केरी महिलाको मृत्यु



काठमाडौं । नेपालमा कोरोनाका कारण पहिलो मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण एकजना महिलाको मृत्यु भएको पुष्टि गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सिन्धुपाल्चोक निवासी २९ वर्षे महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको हो । ती महिला बैशाख २३ गते काठमाडौंस्थित टिचिङ अस्पतालमा भर्ना भइकी थिइन ।

उनी २४ गते सुत्केरी भएकी थिइन् । बैशाख २५ गते डिस्चार्ज भएर घर गएकी उनमा ज्वरो आएको थियो भने श्वासप्रवासमा समेत समस्या देखिएको थियो । त्यसपछि स्थानीय अस्पतालमा उपचार गराउँदा स्वास्थ्य अवस्था थप जटिल बनेपछि धुलिखेलस्थित अस्पतालमा उपचारका लागि आउँदै गर्दा मृत्यु भएको हो ।

Publish on: