काठमाडौं । धनुषामा शनिबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २० र ६५ वर्षे पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार नै नेपालमा कोरोनाका कारण पहिलो पटक एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोककि २९ वर्षे सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।
SHARE YOUR THOUGHTS