अर्थमन्त्री खतिवडाले दिउसै सपना देखेको आरोप « Eglish Khabarhub

अर्थमन्त्री खतिवडाले दिउसै सपना देखेको आरोप



काठमाडौं । नेपाली कांग्रेसका सांसद् मिनेन्द्र रिजालले सरकारले ल्याएको नीति तथा कार्यक्रमका कुनैपनि बुँदा काम नलाग्ने भएको भन्दै संसोधन गर्नुपर्ने बताएका छन् ।

नीति तथा कार्यक्रममा संसोधन प्रस्ताव राखेका नेपाली कांग्रेसले गठन गरेको छाया सरकारका अर्थमन्त्री रहेका रिजालले अहिलेको आवश्यक्ता नहेर महत्वकाक्षीं सपनामात्र बाडेको बताए ।

उनले अहिले स्वास्थ्य र आर्थिक रुपमा समस्या देखिएको भन्दै २०९९ मा यो गर्छु भनेर सरकारले भनेको बताए । सरकारले नागरिक पीडामा रहेको अवस्थामा तत्काल राहत दिन के गर्न सकिन्छ त्यता तिर ध्यान नदिएको बताए ।

रिजालले प्रधानमन्त्रीलाई पाइन भनेर नउम्कन चेतावती दिए ।

‘यस्तो कठिनाई अवस्थामा महत्वपूर्ण कामलाई ध्यान दिएर प्रधानमन्त्रीज्यू ज्ञानी बन्नुहोस्, त्यही ज्ञानी बन्न मत दिएर जनताले मत दिएका हुन्,’रिजालले भने ।

उनले कृषि क्षेत्र र खुद्रा मझौला क्षेत्रलाई राहत कसरी दिने र राजस्व नपुग्दा अहिलेको नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्ने बताए ।
नीति तथा कार्यक्रममा उच्च आर्थिक बृद्धिदर गर्ने सरकारले लक्ष्य राखेको भन्दै रिजालले जनताको रोजगारी बचाउने र भोकै नहुँने र गरिबीमा जाने भन्दै अर्थमन्त्री युवराज खतिवडालाई दिउसै सपना नदेख्न सुझाव दिए ।

Publish on: