बाँकेमा कोरोनाका कारण १ को मृत्यु, मृतकको संख्या २ पुग्यो « Eglish Khabarhub

बाँकेमा कोरोनाका कारण १ को मृत्यु, मृतकको संख्या २ पुग्यो



काठमाडौं । नेपालमा कोरोना भाइरसकाो कारणले थप १ जनाको मृत्य भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके नरैनापुरका २५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो। मृतक बैसाखको अन्तिम साता भारतबाट आएका थिए ।

यो सँगै नेपालमा कोरोना भाइसरको संक्रमणले मृत्यु हुनेको संख्या २ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाबाँकेको क्वारेन्टाइनमा रहेका पुरुषको कोरोनाका कारण मृत्यु बताएका हुन् ।

यसअघि धुलिखेल अस्पतालमा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय सुत्केरीको मृत्यु भएको थियो।

Publish on: