काठमाडौं । सोमबार थप ५३ जनाकोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेमा जिल्लामा ४७ जना थपिएका हुन् । जसमा ४६ जना पुरुष र १ जना महिला छन् । यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १ जना पुरुष, गुल्मीका ४० वर्षीय पुरुष र धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ । हालसम्म नेपालमा कोरोनाका कारण २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना निको भइसकेका छन् ।
SHARE YOUR THOUGHTS