काठमाडौं । सोमबार थप १८ जनामा कोरोना देखिएको छ । कर्णालीमा पहिलो पटक भेटिएको छ । दैलेख आठबीसका एकजना पुरुषमा कोरोना भेटिएको हो ।
सोमबार मात्रै ८० जनामा कोरोना पुष्टि भएको हो । सोमबार बिहान ९ जना र दिउँसो ५३ जनामा कोरोना देखिएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार धनुषाका २ जना पुरुष, खोटाङ हलेसीका एकजना पुरुष, बाँके नैनापुरका १२ जना पुरुष, दैलेख आठबीसका १ जना पुरुष, सुनसरी र झापाका १/१ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
योसँगै कुल संक्रमितको संख्या ३७५ पुगेको छ । हालसम्म २ जनाले ज्यान गुमाएका छन् ।
SHARE YOUR THOUGHTS