काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनासँगै अब आर्थिक क्रियाकलाप पनि चलाउनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकलाई संबोधन गर्दैै प्रधानमन्त्रीले अब कोरोनासँग लड्दै सजग हुँदै जनजीवन चलाउनुपर्ने बताए ।
‘समाजको आर्थिक क्रियाकलाप, बाँच्नका लागि चाहिने कुराहरु कसरी चलाउने ? त्यसैले हाम्रो अर्थतन्त्रलाई आत्मनिर्भरतर्फ विकास गर्नुपर्छ, हाम्रो उत्पादनले हामीलाई पुग्ने अवस्था बनोस,’ उनले भने ।
उनले विश्वका दातृ राष्ट्रले समेत हामीलाई सहयोग दिइरहन सक्ने अवस्थामा रहँदैनन भन्दै १८ वटा देशबाट अन्य देशमा उत्पादन वृद्धि ऋणात्मक भएको बताए ।
विश्वको उल्लेख्य प्रतिशत रोजगारबाट, आम्दानीबाट बञ्चित हुने अवस्था हुनु गम्भीर रहेको भन्दै कृषिलगायतका क्षेत्रमा उत्पादन कसरी बढाउने र उपभोग्य वस्तु कसरी बढाउने भन्नेतर्फ ध्यान दिनुपर्ने बताए । कम्तीमा न्यूनतम कुराहरू भोलिका दिनमा कसरी उपलब्ध गराउने भन्ने तर्फ सोच्नुपर्छ र यसमा गम्भीर हुन आग्रह गरे ।
अत्यावश्यक खानेकुराहरु अनिवार्य नै चाहिन्छ, त्यसैले उक्त अवस्थालाई ध्यानमा राख्नुपर्छ । त्यसै अनुसार अहिले नीति तथा कार्यक्रममा कैयन कुराहरु उल्लेख भएको समेत बताए ।
उनले कतिपय साथिहरुले प्याकेजको कुरा गर्नु भएको छ । तर प्याकेज देखाउने कुरा पनि होइन र अर्को विषय पनि होइन । प्याकेज हामी जहाँ छौं, जस्तो अवस्थामा छौं, जता जाँदै छौ त्यस अनुसार अर्थतन्त्रको सन्दर्भमा आर्थिक हिसाबले गर्नुपर्ने सन्दर्भमा त्यस अनुसार नै हाम्रा नीति र व्यवहार निर्देशित हुनुपर्ने बताए।
प्रधानमन्त्रीले त्यसकारण हामी जनतासँग कुनै प्रकारको छलछामको व्यवहार गर्न सक्छैनौं । भन्ने एउटा देखाउने एउटा र गर्ने एउटा भन्ने हुँदैन । र, प्याकेज प्रस्तुत गर्दा दीगो हुनुपर्छ, राज्यले धान्न सक्ने गरी हुनुपर्छ । सम्भव भएसम्म रोजगारीका अवसर उपलब्ध गराउने समेत प्रतिबद्धता जनाए ।
उनले गरिब जसको कोही छैन, अभिभावक नहुने, अपांगलगायतसँग श्रमको अपेक्षा गर्न सक्दैनौं, भने उहाँहरुको जिम्मा सरकारले लिन्छ । त्यसमा पनि सरकारले सोचेको छ । यी सबै कुराको प्रबन्ध पनि गरिरहेको बताए ।
SHARE YOUR THOUGHTS