प्रधानमन्त्री ओलीले भने- पूर्ण नक्सा समेट्न संविधान संशोधन हुन्छ « Eglish Khabarhub

प्रधानमन्त्री ओलीले भने- पूर्ण नक्सा समेट्न संविधान संशोधन हुन्छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको हुने बताएका छन् ।

सोमबार मन्त्रिपरिषदले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको पूर्ण नक्सा सार्वजनिक गरेको सन्दर्भनमा संविधान संशोधन गर्नु परेकोले यो प्रस्ताव पेश हुने बताए ।

‘संविधानको अनुसूची ३ संशोधन गर्नका लागि बुँदा प्रस्तुत हुनेछ, आशा छ राष्ट्रियताका पक्षमा यो पारित हुनेछ,’ उनले भने ।

भूमि फिर्तासँग सम्बन्धित तत्कालका लागि महत्वपूर्ण विषय भएकाले संसदमा आउने र त्यो पारित हुने बताए । त्यसो भए पछि आफ्नोतर्फको तयारी द्विविधारहित ढंगले यो बाटो हो भनेर जान सकिने उनले बताए ।

उनले पारित हुने दिन देशमा दीपावली समेत हुने बताए ।

उनले २०१८ सालसम्म लिम्पियाधुरा, कालापानी र लिपुलेकमा कर उठाइएपछि त्यसपछि भारतीय सेना त्यहाँ बसेपछि जान नसिकएको बताए । उनले १/२ दिनमा पूर्ण नक्सा पनि सार्वजनिक हुने बताए ।

Publish on: