काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारले हालसम्म गरेको कुनै काममा आत्मभत्सर्ना गर्ने नपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले सोचेर काम गरेको बताए ।
आत्मभत्सर्ना गर्ने गरी लोकतान्त्रको सवालमा, विकास निर्माण, अर्थतन्त्र, ट्रान्जिसनल फेजलाई अगाडि बढाउने विषयमा, उत्पादन बढाउने विषयमा, शान्ति सुव्यवस्थालगायत कुनै पनि विषयमा आत्मभ्रत्सर्ना गर्नुपर्ने र यो गल्ती गरेको छ भन्ने गरी काम गरेको छैन ।
‘सोचेर बिचार गरेर आजको समयमा देशलाई कसरी अगाडि बढाउने भन्ने तरिकाले काम गरिरहेको छ, काम गर्दा यस्तो गल्ती भएछ भन्ने नआओस भन्ने तरिकाले काम गरिरहेका छौं,’ उनले भने ।
उनले कोरोनाका कारण तीव्रतामा कमी आएको भन्दै यसलाई पनि जितिछाड्ने बताए ।
SHARE YOUR THOUGHTS