ओम्नी समूह के हो ? मलाई थाहा छैन- प्रधानमन्त्री ओली « Eglish Khabarhub

ओम्नी समूह के हो ? मलाई थाहा छैन- प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ओम्नी समूहको बारेमा थाहा नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै भने ‘ओम्नी के हो ? मलाई थाहा छैन, म व्यापार व्यवसाय जान्दिन, म राजनीतिक गर्छु मलाई राजनीति मात्रै थाहा छ ।’

ओलीले स्वास्थ्य विभागले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्रीमा कुनै भ्रष्टाचार भएको पाएमा कारबाही हुने बताए ।

ओलीले भने ‘केही कसैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको भए छानविन गरेर कारबाही हुन्छ । हरेक कुरामा भ्रष्टाचार देख्नु राम्रो होइन ।’

एउटा डिजीले गर्ने काम प्रधामन्त्रीले नहेर्ने पनि जानकारी गराए ।

Publish on: