निजी अस्पतालमा पीसीआर परीक्षण गराउन सकिने, शुल्क अस्पतालले नै निर्धारण गर्ने « Eglish Khabarhub

निजी अस्पतालमा पीसीआर परीक्षण गराउन सकिने, शुल्क अस्पतालले नै निर्धारण गर्ने



काठमाडौं । सरकारले कोरोना भाइसरको शंका लागेमा व्यक्तिहरुले स्वेच्छाले पीसीआर परीक्षण गर्ने सकिने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको परिक्षणको दायरा बढाउन राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड पुरा गरेको निजी अस्पतालबाट कोरोना भाइरसको पीसीआर परिक्षण सबैले गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए ।

‘तोकिएको मापदण्ड पुरा गरेका सार्वजनिक स्वास्थ्य संस्थाले कोरोना भाइरसको पीसीआर परिक्षण सुचनाको गोपनीयता कायम नियमित रिपोटिङ गर्ने गरी गर्न सक्नेछन्,’ प्रवक्ता डा देवकोटाले मंगलबार पत्रकार सम्मेलनमा बताए ।

‘लक्षण नदेखिएका स्वादेशी तथा विदेशी नागरिकहरुले तोकिएको सार्वजनिक स्वास्थ्य संस्थामा तोकिएको दररेटमा स्वेच्छाले गराउन सक्नेछन् ।’ उनले भने ‘परिक्षणको शुल्क अस्पताल आफैले निर्धारण गरी लिन पाउने उनले बताए । ‘परिक्षणको शुल्क अस्पताल आफैले निर्धारण गर्न पाउने र सो शुल्कमा पीसीआर परिक्षण गर्न पाउने नीति गत निर्णय गरिएको छ ।’ यसले कोरोना भाइरसको पीसीआर परिक्षणको दायरा बढ्ने उनले बताए ।

Publish on: