काठमाडौं । काठमाडौं कालिमाटीमा कार्यरत २ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै कालिमाटी वृत्त सिल गरिएको छ । प्रहरीका अनुसार २ जनामा कोरोना पुष्टि भएसँगै उनीहरुलाई बलम्बुस्थित एटीएफको अस्पतालमा लगिएको छ ।
वृत्तभित्र रहेका महिला सेल र ट्राफिक प्रभाव पनि शिल गरिएको छ । अब सबैको पीसीआर टेस्ट गरिनेछ ।
सरसफाइकर्मीहरुको परीक्षण गर्न गएका १९ जना प्रहरीमध्ये २ जनामा र्यापिडे टेस्टमा पोजेटिभ देखिएपछि पीसीआर परीक्षण गरिएको थियो । त्यसपछि े त्यहाँ कार्यरत सबै प्रहरीको परीक्षण गरिने भएको छ ।
कालिमाटीमा २ सयभन्दा बढी प्रहरी कार्यरत छन् ।
SHARE YOUR THOUGHTS