काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु अहिलेको समयमा उद्योगी व्यवसायी र कर्मचारी/मजदुर कसैको पनि नोक्सानी व्यहोर्न नहुने बताएका छन् ।
नेपाल उद्योग परिसंघले आयोजना गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन ।
छलफलमा रिमालले कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनले गर्दा उद्योग धन्दा बन्द भएको र त्यहाँ कार्यरत मजदुरले पाउने पारिश्रमीक न्यायोचित हुनुपर्ने बताए ।
उनले भने ‘यो समयमा उद्योगी व्यवसायीले पनि नोक्सानी व्यवहोर्नुहुँदैन । मजदुरले पनि काम गर्दिन भनेर बटारिएर हिँडनु हुँदैन । उद्योगीले पनि मजदुरलाई बिहान बेलुका छाकटार्न समस्या पार्नुहुँदैन ।’
यो विषय परिस्थितीमा उद्योगी÷व्यवसायी र मजदुरले कति नोक्सानी व्यवहोर्ने भनेर गम्भिर छलफल गर्न आवश्यक रहेको बताए ।
छलफलमा उनले कोरोनाका कारण लगाएको लकडाउन कति समय थपिने हो त्यो यसै भन्न सकिने अवस्था नरहेको भन्दै यो बेला उद्योगी व्यवसायी मिलेर जानुको विकल्प नरहेको बताए ।
यस्तो बेलामा सरकार उद्योग÷व्यवसाय चल्नुपर्छ भन्ने मान्यता रहेको भएपनि उद्योग धन्दा बस्तीको आसपासमा भएको कारण समस्या भएको बताए ।
रिमालले भने ‘धेरै उद्योग व्यवसाय बस्तीको बीचमा छन् । त्यस उद्योग धन्दामा कर्मचारी वा मजदुर राख्न पनि सम्भव छैन । उद्योग धन्दा भन्दा टाढा भएकाहरु आफ्नो कार्यस्थलसम्म आवत जावत गर्न समस्या छ । हामीले धरहरा नै हेर्ने हो भने त्यहाँ काम भइरहेको छ । त्यहाँ रहेका मजदुरहरु त्यही बस्ने गर्नु भएको छ । उहाँहरु बाहिर जानुहुन्न ।यसको लागि सबै मिलेर सहज विकल्प खोन्नुपर्छ ।’
छलफलमा उनले खुला सिमाना भएका कारण नेपालीहरु दक्षिणबाट सहजै आउने र कोरोना परिक्षण नगरि सिधै समाजमा जाने गर्दा कोरोनाको संक्रमण बढदै गएको बताए । भारतले लकडाउन रोक्न नसकेको र दक्षिणबाट आउनेहरुलाई पिन क्वारेन्टाइनमा राख्न समस्या भएको बताए ।
यतिबेला सरकारले पनि चाँडो भन्दा चाडो लकडाउन खोल्ने र त्यसको विकल्पको बारेमा आवश्यक अध्ययन तथा छलफल भइरहेको बताए । यसको लागि सरकारी निकायको साथै उद्योगी व्यवसायी तथा सर्वसाधारणको पनि सहयोग आवश्यक रहेको रिमालको भनाइ
SHARE YOUR THOUGHTS